जुक्ति खोलामा मोटरवेल पुल निर्माणका लागि हिजोबाट सर्भे सुरु

0

डोलराज रानाभाट, गैंडाकोट, कार्तिक १८ । गैंडाकोट नगरपालिका वडानम्वर १ र ३ जोड्ने गरी जुक्ति खोलामा पक्की मोटरेवल पुल निर्माणका लागि आधिकारिक सर्भेको काम हिजो देखि सुरु भएको छ । गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एवम साँसद कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीसँग डेलिगेसन गएपछि उक्त योजना प्रदेशको कितावमा समावेश भएको थियो । गण्डकी प्रदेश सरकारको योजनामा समावेश भई उक्त योजनाले पूर्णता पाउने भएको हो ।

प्रदेशको पहिलो चरणमा प्रकाशित रातो कितावमा योजना नपरेपछि सांसद नेपाली सहितले मुख्यमन्त्री सँग डेलिगेसन गएर पुल निर्माणका लागि योजनामा पार्न आग्रह गर्नुभएको र प्रदेशको दोस्रो चरणमा प्रकाशित पुस्तकमा प्रकाशितपछि सोही योजना अनुसार सर्भेको काम सुरु भएको गैंडाकोट १ का वडादस्य राजेन्द्र प्रसाद उपाध्यायले विजय एफएमलाई जानकारी दिनुभयो । सर्भे गरेर डिजाइन, डिपिआर तथा लगत तयार पार्ने गरी हिजो देखि काम सुरु भएको र आज देखि एउटा इन्जिनियर सहित अन्य कर्मचारीहरुले फिल्डको नापजाँच गरेर संरचना निर्माण कसरी गर्ने भन्ने विषयमा प्रतिवेदन तयार पार्ने उहाँले बताउनुभयो ।

हिजो भुगर्भ इन्जिनियर, डिजाइनर, बायो इन्जिनियर लगायतको टोली सहित गैंडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा, वडानम्वर ३ का वडाअध्यक्ष शिवकान्त तिवारी, गैंडाकाटे १ का वडासदस्य राजेन्द्र प्रसाद उपाध्याय, नेकपा १ का अध्यक्ष कृष्ण प्रसाद शर्मा, वडानम्वर ३ केलादी का स्थानीयको उपस्थितिमा सर्भे गर्ने कामको सुरुवात भएको थियो ।

त्यहाँको काम सकिना साथ गैंडाकोट ४ भेल्लरघारी र त्रासीवास जोड्ने गरी अर्को मोटरवेल पुल निर्माणका लागि पनि सर्भेको काम सुरु हुने उपाध्यायले जानकारी दिनुभयो । यो योजना पनि प्रदेशको रातो कितावमा नपरेपछि प्रदेश सांसद कृष्णचन्द्र नेपाली सहित मुख्यमन्त्रीसँग डेलिगेसन गएर योजना पार्न आग्रह पछि दोस्रो चरणको पुस्तकमा समावेश भई प्रकाशित भएको उपध्यायको भनाई रहेको छ ।
यसअघि वडानम्वर ३ को गत वैशाख २६ गते बसेको वडा समितिको बैठकले पनि प्रदेश सरकारसँग जुक्ति खोलामा पुल निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्ने निर्णय समेत गरेको थियो ।

Share.

Leave A Reply