भरतपुरको पुल्चोक–गोन्द्राङ सडक छ लेनको बनाउन संयुक्त सर्भे सुरु

0

गैंडाकोट, कार्तिक १७ । भरतपुरको पुल्चोक देखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउन आजबाट संयुक्त सर्भे सुरु भएको छ । सडक डिभिजन कार्यालय भतरपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार संयुक्त सर्भे सडक निर्माणको पहिलो चरण भएको र अव कामले गति लिने छ।

सर्भेका समय डिपिआरसँग फिल्ड भिडाउने र अप्ठेरा भएका ठाउँहरुको पहिचान गरी सडक विस्तारलाई सहज गराउने कार्य गरिने अधिकारीले जानकारी दिनुभयो । सडक विस्तारका लागि इण्डो सगुन जेभीले जिम्मा पाएको छ । प्राविधिक प्रस्तावबाट १६ कम्पनी मध्ये आर्थिक प्रस्तावका लागि कम आर्थिक पेश गरेको आधारमा उक्त निर्माण कम्पनी छनोट भएको अधिकारीले जानकारी दिनुभयो ।

अहिले दुई लेन रहेको उक्त सडक ६ किलोमिटरको छ । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लेन छुट्याइएको छ । सम्झौता अनुसार १ अर्ब १२ करोड लागतमा सडक बन्ने अधिकारीको भनाई छ ।

Share.

Leave A Reply