गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेललाई कोरोना सङ्क्रमण

0


प्रेम क्षेत्री
कार्तिक १७, गैंडाकोट । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेललाई कोरोना सङ्क्रमण देखिएको छ ।
उहाँको यहि १५ गते स्वाब संकलन गरिएको थियो । भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणबाट कोरोना पुष्टि भएको हो । उहाँको हालको अवस्था सामान्य रहेको छ ।
गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालले एक प्रेस विज्ञप्ती जारी गरि सो बारे पुष्टि गर्नुभएको छ । उहाँले नगर प्रमुख पौडेलको सम्पर्कमा आउनुभएका जनप्रतिनिधी, नगरवासी एवं कर्मचारीहरुलाई थप सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply