भरतपुर अस्पतालमा आज २ जना कोरोना संक्रमितको मृत्यु

0

चितवन, कार्तिक १७ । चितवनमा आज एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर सरकारी अस्पतालका अनुसार भरतपुर महानगगरपालिका १० का ७९ वर्षीय र धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका ३ बस्ने ६१ वर्षीय महिलाको मृत्यु भएको हो ।

भरतपुरका पुरुष कार्तिक १६ गते कोभिड संक्रमण सहित श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना हुनुभएको थियो ।

 

कार्तिक १३ गते कोभिड १९ संक्रमण पुष्टि भएको उहाँको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि हिजो कोभिड आइसीयुमा राखेर उपचार हुँदैगर्दा आज विहान १ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, धादिङ्गकी महिला कार्तिक ५ गते कोभिड संक्रमण सहित श्वासप्रश्वाशमा समस्या लिएर अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कार्तिक ९ गते कोभिड आइसीयुमा राखेर उपचार भइरहेको समय आज विहान २ः५५ बजे मृत्यु भएको हो ।

Share.

Leave A Reply