चितवन राष्ट्रिय निकुञ्जमा ३५ वर्षे भाले गैंडा मृत फेला

0

चितवन, कार्तिक १७ । चितवन राष्ट्रिय निकुञ्जमा फेरि अर्को गैंडा मृत फेला परेको छ ।

निकुञ्जको पश्चिमी सेक्टर अन्तर्गतको लामिचौर पोष्ट इलाकाको आइल्याण्ड क्षेत्रमा ३५ बर्षको भाले गैंडा मृत फेला परेको निकुञ्ज प्रशासनले जानकारी दिएकोछ ।

नारायणी नदीको किनारमा मृत अवस्थामा फेला परेको उक्त गैंडा बुढो भएर कालगतिले मरेको अनुमान गरिएको छ ।

मृत भेटिएको गैडाको खाग र खुर सुरक्षित रहेको छ । यो सहित यस आ.व. २०७७÷०७८ मा १० वटा गैंडाको मृत्यु भइसकेको छ ।

Share.

Leave A Reply