चितवनको ब्यस्त बजारमा म्याजिक र कार ठोक्कियो, ४ जना घाइते

0

चितवन, कार्तिक १६ । चितवनको व्यस्त बजार नारायणगढमा कार र म्याजिक एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

जिलला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाका अनुसार भरतपुर महानगरपालिका २ पुतलि बजारमा सहिदचोक बाट पोखरा बसपार्क तर्फ जाँदै गरेको बा २१ च ६३५० नम्बरको कार र बिपरीत दिशाबाट आईरहेको ना१ज ६०६५ नम्बरको म्यजिक एक आपसमा ठक्कर खाएको हो ।

घाइते हुनेहरुमा म्याजिक चालक भरतपुर म.न.पा.१० वस्ने वर्ष ३२ को सलिन श्रेष्ठ, सोही म्याजिकमा सवार भरतपुर म.न.पा.११ वस्ने वर्ष ४० की सरस्वती परियार, कार चालक जिल्ला काठमाण्डौ का.म.न.पा.६ वस्ने वर्ष ३५ को सुवास पाण्डे र सोही कारमा सवार चालकका श्रीमती वर्ष ३१ की कृति खतिवडा छन् ।

उनीहरुको सामान्य र मध्यम अवस्थामा नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply