मोटरसाइकल ग्यास बुलेटमा ठोक्दिा छोराको मृत्यु

0

चितवन, कार्तिक १६ । चितवनको भरतपुर महानगरपालिका ९ मिलनचोकमा ग्यासको बुलेटमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडानम्वर ५ बस्ने बर्ष २४ का मनोज सुनार रहेका छन् ।

आज दिउसो टाँडी बाट भरतपुर तर्फ आउदै गरेको ग्यास बुलेटमा सोही दिशा बाट आउदै गरेको ना ४२ प ९७१५ नम्बरको मोटरसाइकल ओभर टेक गर्ने क्रममा ग्यास बुलेटको बिच भागमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।

ठक्कर पश्चात मोटरसाइकल चालक राप्ती ५ बस्ने बर्ष ४८ का खडक बहादुर सुनार घाईते भई नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको र मोटरसाइकलको पछाडी सवार उहाँको छोरा मनोज गम्भीर घाइते भई उपचारको लागि सरकारी हस्पताल भरतपुरमा पठाईएकोमा बाटोमा नै मृत्यु भएको थापाले जानकारी दिनुभयो ।

शव सरकारी अस्पताल भरतपुरमा रहेको र दुबै सवारी साधन र ग्यास बुलेटका चालक नवलपुर जिल्ला गैडाकोट नगरपालिका १ बस्ने बर्ष ४२ को राजु कुमार थापा प्रहरीको नियन्त्रणमा रहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply