अवैध बच्चा जन्माएर जंगलमा फालेको आरोपमा नवलपुरमा दुइ जना पक्राउ

0

गैंडाकोट, कार्तिक १६ ।  अबैध रुपमा बच्चा जन्माई जंगलमा फालेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपुरले दुइ जनालाई पक्राउ गरेको छ ।

गत कार्तिक ४ गते नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ४ को चुवा खोल्सा नजिक नाभी समेत नकाटिएको अवस्थामा नवजात शिशु भेटिएको थियो ।

साल–नाल सहितको शिशुको शव फेला पारेको प्रहरीले अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा हुप्सेकोट गाउँपालिका वडा नं. ४ शंखदेवकी ३९ बर्षीया पुनीसरा गाहा र सोही ठाउँका ४२ बर्षका टकबहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बिशाल तामाङले जानकारी दिनुभयो।

दुबै जनालाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धि कसुर अनुसार अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply