कालिकाको सिन्ती झरनामा आन्तरि पर्यटक बढे, एक करोडको बजेटमा पूर्वाधार बनाइदै

0

डोलराज रानाभाट, कार्तिक १६ ।  कोभिड –१९ पछीको लामो लकडाउन र त्रासका कारण घरमै सीमित हुनु परेकाहरु अहिले भने नजिक रहेका पर्यटकीय क्षेत्रहरुमा गएर आनन्द लिन थालेका छन् ।
त्यसै मध्येको चितवनको कालिका नगरपालिका ९ र १० मा अवस्थित सिन्ती झरनामा आन्तरिक पर्यटकको घुइचो लागेको छ ।  निक ५ सय जना सम्म झरनामा पुग्ने गरेको कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो।

पूर्व पश्चिम राजमार्गको टाँडी बजारबाट १८ किलोमिटरको दुरीमा रहेको सो स्थानमा सजिलै पुग्न सकिने भएकाले पनि आन्तरिक पर्यटकको भिड लागेको हो। चितवनका विभिन्न ठाउँ र नवलपुर ,नवलपरासी लगायतका जिल्लाबाट मानिसहरु झरनामा रमाउन पुग्ने बढ्दै गएका छन् ।


नव विवाहित जोडि देखि प्रेमप्रेमिका र परिवारकै सदस्यहरु मिलेर झरना पुग्ने गरेको स्थानियहरु बताउँछन । कोरोनाको त्रासका कारण महिनौं घरमै बसेर दिक्क भएकाहरु रमणीय वातावरणमा रमाउन सिन्ती झरना पुग्ने गरेका हुन् । खैरहनीबाट आइतवार सिन्ती झरना अबलोकन गर्न पुगेकि शर्मिला वाग्लेले झरनाले अनुपम अनुभूति प्रदान गर्ने बताउनुभयो ।

 

घरमा बस्दा बस्दै दिक्क भएर झरना आएको र धेरै रमाइलो भएको समेत उहाँको भनाई छ । झरना अबलोकनको लागि बच्चा देखि बृद्धा सम्म आउने गरेका छन । अर्की स्थानीय सविना पाण्डे विद्यार्थी हुनुहुन्छ । अहिले कलेजहरुमा पढाई पनि नभएकाले पहिलो पनि आएको झरनामा फेरि पनि रमाइलो गर्न आएको बताउनुभयो । आफ्नो ठाउँलाई चिनाउन अन्य साथीहरुलाई पनि सुझाव दिनुभयो ।

लक्ष्मी तिवारी पनि झरनामा पुग्दा हिँडेको थकाई सवै मेटिएको बताउँदै झरनामा धेरै रमाइलो भएको बताउनुभयो । सात जनाको समूहमा पहिलो पटक आएको भन्दै हिँडेर आउदा केही समस्या भएपनि झरनामा पुगेपछि सवै थकाई मेटिएको बताउनुभयो । मोटरसाइकल सम्म पुग्ने गरी बाटो बनाए अझै पर्यटक बढ्ने उहाँको भनाई छ ।

झरनामा आउने पर्यटकलाई थप सुविधा उपलब्ध गराउन नगरपालिकाले पूर्वाधार निर्माणको कार्य थालनी गरेको छ । नगरप्रमुख श्रेष्ठले सिन्ती झरना नगरपालिकाको गहना भएको र वाह्य पर्यटकलाई समेत ल्याउनका लागि गत आर्थिक वर्षबाट झरना व्यवस्थित गराउन काम सुरु भएको बताउनुभयो । पूर्वाधार निर्माण कार्य अन्तर्गत अहिले विभिन्न ठाउँमा शौचालय र कपडा परिवर्तन गर्ने घर निर्माण अन्तिम चरणमा पुगेका छन् ।

नगरपालिकाको ५० लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ५० लाख गरी १ करोडको लागतमा पूर्वाधारको निर्माण कार्य भइरहेको मेयर श्रेष्ठले भनाइ छ । सिम्ती खोलामा आर्क व्रिज सहित धेरै ठाउँमा पौडी खेल्ने ठाउँ बनाउने र साँढे २ किलोमिटर पैदल मार्गको रुपमा विकास गर्ने उहाँको भनाई छ ।

अहिले शौचालय , खानेपानी, विद्युत, मोवाइलको टावर र फोहोर व्यवस्थापनमा समस्या रहेको छ । निशुल्क झरनामा पुग्न सकिने भएपनि अव डिपिआर सहित काम भएपछि शुल्क सहित पर्यटक जान दिइने छ । पूर्वाधार निर्माणपछि अहिले भएका समस्याको समाधान गरी झरनालाई अझै आकर्षण गराउने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

Share.

Leave A Reply