गैंडाकोटका विद्यालयमा कक्षा सञ्चालन अनिश्चित

0


प्रेम क्षेत्री
कार्तिक १६, गैंडाकोट । गैंडाकोटका विद्यालयमा कक्षा सञ्चालन अनिश्चित बनेको छ । विद्यालयमा नियमित हुने पठनपाठन सञ्चालन अनिश्चित बनेपनि कक्षा ११ को वार्षिक परिक्षा भने तोकिएकै समयमा हुने भएको छ ।
गैंडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गैंडाकोट नगरपालिकामा प्रत्यक्ष सम्पर्कमा आई गराईने शिक्षण सिकाई क्रियाकलाप सञ्चालन नगर्न निर्देशन दिएको हो । अर्को सूचना जारी नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन अथवा सम्पर्क कक्षा जस्ता शिक्षक विद्यार्थी प्रत्यक्ष सम्पर्कमा आई गराईने शिक्षण सिकाई क्रियाकलाप सञ्चालन नगर्न नगर क्षेत्रका सबै विद्यालयलाई परिपत्र गरेको छ ।

विद्यालय सञ्चालन र परिक्षा सम्बन्धमा जारी गरेको सूचनामा कोभिड १९ को सङ्क्रमण विगत केदीदिनदेखी बढ्दै गएको कारण अभिभावकहरु र विद्यार्थीहरुमा डर, त्रास सृजना भएकाले अर्को सूचना प्रकाशित नहुन्जेलसम्म विद्यालय सञ्चालन रोकिएको नगरपालिकाका शिक्षा शाखा अधिकृत मोतिप्रसाद रिजालले बताउनुभयो ।
विद्यार्थी सिकाई सहजिकरण निर्देशिका बमोजिम मात्रै गर्न उहाँले आग्रह गर्नुभएको छ । कक्षा ११ को वार्षिक परीक्षा भने पूर्व निर्धारित समयतालिका अनुसार नै गर्न गराउन हुन उल्लेख गरिएको छ । कक्षा ११ को वार्षिक परीक्षा संचालन व्यवस्थापन मुल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अन्तर्गत रहि कोभिड १९ को सुरक्षा मापदण्ड पुरा गरेर यथा समयमा परीक्षा संचालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

Share.

Leave A Reply