गैंडाको आक्रमणबाट देवचुलीमा एक जनाको मृत्यु

0


कार्तिक १६, देवचुली । बारीमा तोरी छर्न जाने क्रममा वस्ती पसेको गैँडाको आक्रमणबाट पुर्वी नवलपरासीको देवचुलीमा आईतबार एकजनाको मृत्यु भएको छ ।
आईतबार बिहान गैँडाको आक्रमणमा परि देवचुली नगरपालिका १७ कुलेनीका ६५ वर्षीय जंगिलाल मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिहान ६ बजे घर नजिकै बारीमा तोरी छर्न जाँदै गर्दा मुखियालाई गैंडाले आक्रमण गरेको स्थानीयले बताएका छन् । गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावरले वर्षेनी मानव वस्तीमा प्रवेश गरि जनधनको क्षति पु¥याउँदै आएको छ । स्थानीयले लगाएको खेतीबाली समेत खान नपाउने गरेको जनाउँदै जनावर रोक्न माग गर्दै आएका छन् ।

Share.

Leave A Reply