होम आइसोलेसनमा बस्नेले यी तीन अवस्था आयो भने अस्पताल गइहाल्नुहोस्

0

गैंडाकोट, कार्तिक १६ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभागका सह प्राध्यापक डा अग्रज उप्रेतीले तीन अवस्था आएमा होम आइसोलेसनमा रहने कोरोना संक्रमित तुरुन्त अस्पताल जान सुझाव दिनुभएको छ । सामाजिक संजाल फेसबुक र युटुवबाट पनि भिडियोहरु निर्माण गरी निरन्तर जानकारी दिइरहनु भएका डा उप्रेतीले कोभिड १९ चौथो चरणमा समाजमा प्रवेश गरेको भन्दै सचेत हुन सवैमा आग्रह गर्नुभयो ।
पहिलो आफूलाई संक्रमण पुष्टि भएको दिनपछि पहिले भन्दा सहज भएको छ वा असहज यसमा ध्यान दिने र असहज भए चिकित्सकसँग सल्लाह लिइहाल्ने, दोस्रो ज्वरो अत्यधिक वढ्न थाल्यो, थकान महसुस र श्वास बढ्न थाल्यो भने तुरुन्तै चिकित्सकसँग परामर्श लिने र अस्पताल गइहाल्न सुझाव दिनुभयो ।
चिकित्सक भन्दा पहिला विरामीको शरिर बोल्ने भन्दै उहाँले कोभिड १९ संक्रमण भइसकेपश्चात वा अन्य रोग भएका विरामीले पनि पहिला भन्दा असहज महसुस हुनासाथ चिकित्सकसँग परामर्श गर्ने वा अस्पताल जाने गरेमा ठूलो जोखिमबाट बच्न सकिने बताउनुभयो

सुन्नुहोस् थप कुराकानी

https://www.facebook.com/vijayafm/videos/382324749494129

 

 

डा अग्रज उप्रेतीका भिडियोहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

 

https://www.facebook.com/328193547927779/videos/1644603625707927

Share.

Leave A Reply