नानी बिवु फाउण्डेशन गैंडाकोट ४ को नयाँ कार्यसमिति चयन

0

गैंडाकोट, कार्तिक १६ । नानी बिवु फाउण्डेशन गैंडाकोट ४ को नयाँ कार्यसमिति चयन भएको छ ।

शारीरिक अपाङ्गता भएका साहित्यका सर्जकहरुलाई सम्मान दिने उदेश्य ले खोलिएको संस्थाको नव निर्वाचित अध्यक्षमा कृष्णप्रसाद पराजुली , उपाध्यक्षमा दिपेन्द्र पौडेल , सचिवमा शंकरनाथ आचार्य, कोषाध्यक्षमा विवेक बाबू अधिकारी, सह–सचिवमा अमृत कान्त पण्डित रहनु भएको छ ।

सदस्यहरूमा सविता तिवारी , लेखराम सापकोटा , संगिता दवाडी अधिकारी र शान्ति शर्मा रहनुभएको छ । सूर्यभक्त पतनादेवी मेमोरियल कलेजको सभा हलमा भएको विशेष भेला तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अथिति गोविन्द राज विनोदीले टीका लगाई काम गर्न हौसला प्रदान गर्नुभयो ।

नव निर्वाचित अध्यक्ष ले विधानको परधि भित्र रहि काम गर्न सदस्य हरुलाइ अनुरोध गर्दै आफुले समेत काम गर्ने प्रतिवध्दता व्यक्त गर्नु भयो । दिपेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण सचिव लेखराम सापकोटा र स्वागत मन्तव्य सविता तिवारीले गर्नु भएको थियो । कार्यक्रममा प्रा डा रामेश्वर अधिकारी, प्राध्यापक जगन्नाथ पण्डित , साहित्यक श्रष्टा नानी विवु ले बोल्नु भएको थियो ।

Share.

Leave A Reply