नवलपुरमा आज कोराना सङ्क्रमित ३ जनाको मृत्यु, गैंडाकोटका २ र कावासोतीका १ जना

0


प्रेम क्षेत्री
कार्तिक १५, गैंडाकोट । नवलपुरमा शनिबार कोराना सङ्क्रमित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना गैंडाकोट र १ जना कावासोतीका रहेका छन् ।
शनिबार मात्रै गैंडाकोटका २ जना कोराना सङ्क्रमितको मृत्यु भएको हो । एक जनाको होम आईशोलेसन र अर्का एक जनाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो भने गैंडाकोट १३ का ३८ वर्षका पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । यो सँगै गैंडाकोटमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
यसअघि आजै कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो । उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने जनाइएको छ ।
यो सँगै नवलपुरमा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । जसमध्ये गैंडाकोटका ९ जना, देवचुलीका ४ जना, कावासोतीका ४ जना, मध्यविन्दुका २ जना र विनयी त्रिवेणीका २ जना रहेका छन् ।

Share.

Leave A Reply