गण्डकी प्रदेशका मुख्यमन्त्री र संघ सरकारका अर्थमन्त्रीबीच भेट, बजेट निकासाका लागि अनुरोध

0

गैंडाकोट, कार्तिक १४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संघबाट गण्डकी प्रदेशलाई हस्तान्तरण गरिएका आयोजनाहरु निर्माणका लागि बजेटको माग गर्नुभएको छ ।

आज संघ सरकारका अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी उहाँले संघ सरकारले ससर्त अनुदानको सर्तसहित गण्डकी प्रदेशलाई आयोजनाहरू हस्तान्तरण गरेको तर बजेट भने नआएको जानकारी गराउँदै निर्माण अघि वढ्न नसकेकोले बजेट निकासाका लागि माग गर्नुभएको मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहाकार बिक्रम न्यौपानेले जानकारी दिनुभयो ।

संघले गण्डकी प्रदेशलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक रहेको छ ।

त्यस्तै आधारभूत खानेपानीका वर्षाैं पुराना योजनाका लागि १ अर्ब ५ करोड, विशेष खानेपानी आयोजना ४३ वटाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ आवश्यक पर्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply