कारको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

0

चितवन, कार्तिक १४ । चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्वरको कारले पैदलयात्री खैरहनी नगरपालिका वडानम्वर २ बस्ने बर्ष ५० की बुद्धीमाया दराई लाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

खैरहनी नगरपालिका १ ज्यामिरे मा ठक्कर दिँदा गम्भीर घाइते उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply