नवलपुरका पहाडी गाउँहरुमा अम्लिसोबाट राम्रो आम्दानी, विक्रिका लागि बजार पठाइदै

0

बुलिगंटार (नवलपरासी) कात्र्तिक १४ गते ।
पूर्बी नवलपरासीको बुलिगंटार र बौदीकाली गाउँपालिकाका बासिन्दाको आर्थिक अबस्था अम्लिसोको कुचो बेचेर सुधारिएको छ । बुलिगंटारको डाडााझेरी, अर्खला, कोटथर, जौबारी र बौंदकिाली गाउँपालिकाको नरम,रुचागं, बबक, रकुवा गाउँका किसान बर्षेनी अम्लिसोको कुचो बिक्री गरेर एक घर परिबारले कम्तमिा चार लाख सम्म आम्दानी गर्ने गरेको कृषक बुलिगंटार गोठडाँडाका यमबहादुर दर्लामी मगरले बताउनुभयो ।

सात आठ बर्ष अघि सम्म जंगल फाँडेर खोरिया बनाएर मकै रोप्ने गरेका यहाँका ८० प्रतिशत स्थानीय बासीन्दा अहिले खोरिया फडाँनी छाडेर नाँगा डाडाँमा अम्लिसो लगाएर राम्रो आम्दानी गर्न सफल भएका स्थानीय नरमका शिक्षक खुमबहादुर सोती मगरले बताउनुभयो । तत्कालिन गाबिस ले भूक्षय रोक्ने अभियान नै संचालन गरे पछि खोरिया फँडानी पुरै रोकिएको शिक्षक सोतीमगरले बताउनुभयो ।

 

अहिले नागाँ डाडाँ अम्लिसो खेतीले भरिएका छन् ,गाडीका गाडी अम्लिसो बजार तिर बिक्रीका लागि ढुवानी गर्ने क्रम शुरु भएको बबकका ईन्द्र मगरले बताउनुभयो । पहाडी क्षेत्रको भीर पाखा र नागाँ डाडाँमा हरेक दुई दुई बर्षमा लगाइृने अम्लिसो बाट त्यहाँका बासीन्दाले कुचो बनाएर राम्रे आम्दानी गर्ने गरेको बौंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना मगरले बताउनुभयो ।

 

अहिले यहाँका गाउँगाउँमा ग्रामीण सडक पुगेको र यहाँका जनताले यो समय भ्याई नभ्याई अम्लिसोको कुचो बनाएर गाडीमा लोड गरेर बिक्री गर्न मधेश भर्ने क्रम शुरु भएको अर्खलाका कृषक मिनबहादुर आले मगरले बताउनुभयो ।

यहाँका सात सय कृषकले जंगल फडाँनी गरेर मकै रोप्ने काम बन्द गरेर अम्लिसो खेती तर्फ आर्कर्षित हुन थाले पछि उनीहरुको यो खेती जीबकिोपार्जनको भरपर्दो माध्यम बनेको बुलिगंटार १ कोटथरका वडाध्यक्ष दिलबहादुर थापा मगरले बताउनुभयो । कोटथरका किसानले झण्डै दुई सय ५० हेक्टरमा अम्लिसो खेती गरेका र पहाडी क्षेत्रमा यो नमुना बनेको वडाध्यक्ष थापामगरले बताउनुभयो ।

जिल्लाको पहाडी क्षेत्रमा नमुनाका रुपमा रहेको अम्लिसो खेती किसानहरुका लागि बरदान साबित भएको बुलिगंटार गाउँपालिकाका उपाध्यक्ष मैना बिकले बताउनुभयो । पालिकाहरुले समेत अम्लिसो खेत ीगर्ने किसानहरुलाई थप प्रोत्साहन गर्नुपर्ने र पालिकाले अनुदानको ब्यबस्थ ागर्न सकयो भने मात्र पनि किसानहरु अझै आकर्षित हुने उपाध्यक्ष बिकको भनाई छ ।

Share.

Leave A Reply