अदुवा खेती राम्रो हुँदा नवलपुरका किसान उत्साहित

0

गैंडाकोट, कार्तिक १४। पूर्बी नवलपरासीमा यो बर्ष ब्यबसायिक रुपमा अदुवा खेती गर्ने किसानहरु उत्साहित भएका छन् । गत बर्षको तुलनामा अदुवा उत्पादनमा बृद्धि हुने आशाले उनीहरु उत्साहित भएका हुन् ।

गत बर्ष मात्रै करीब रु ३२ करोड भन्दा बढिको अदुवा बिक्री भएको थियो । गत बर्षको तुलनामा अझै राम्रो भएको ले पनि खन्न नपाउँदै उत्पादन राम्रो हुने आशाले थप उत्साहित भएको बुलिगंटार बरिमलका कृषक प्रेमसिहं लुगेंली मगरले बताउनुभयो ।

 

यो बर्ष अझै अदुवा खन्ने समय आएको छैन । तिहार पछि खन्न थालियो भने पुष मसान्त सम्म अदुवाको सुठो बनाएर बजार लैजान सकिने र राम्रो आम्दानी गर्न सक्ने लुगेंली मगरले बताउनुभयो ।

गत बर्षको भन्दा यो बर्ष अदुवाको मुल्य पनि राम्रो हुन सक्ने भएकाले १० प्रतिशत बढि आम्दानी बिगतका बर्षको तुलनामा किसानले पाउन सक्ने अदुवा ब्यापारी जगदिश साहले बताउनुभयो । अदुवाको सबै भन्दा राम्रो उत्पादन हुने पूर्बी नवलपरासीको बुलिगंटार र बौंदीकाली गाउँपालिका हो भने हुप्सकोट,बिनयीत्रिबेणी गाउँपालिका पनि अदुवाको राम्रो खेती हुने क्षेत्र पर्दछ ।

गैंडाकोट नगरपालिकाको रतनपुर, मध्यबिन्दु नगरपालिका का चार वडाका कृषकहरु ब्यबसायिक रुपमा अदुवा खेती गर्ने गरेका छन् । गत बर्ष अदुवाको मुल्य प्रति धार्नी रु ३०० र सुठो प्रति धार्नी रु १२०० रहेको थियो ।

 

गत बर्ष अदुवाको मुल्य प्रति धार्नी रु ३०० र सुठो प्रति धार्नी रु १२०० रहेको थियो भने अहिले अदुवा को सिजन शुरु नहुँदै प्रति धार्नी रु ३०० र सुठो प्रति धार्नी रु १२०० रहेको र पुष सम्ममा अदुवा प्रति धार्नी रु ३५० र सुठो रु १४०० सम्म पर्न सक्ने अदुवा ब्यापारी आमबहादुर थापामगरले बताउनुभयो ।
सरदर पूर्बी नवलपरासीमा यो बर्ष दश प्रतिशतले अदुवाको उतपादन बढने कृषकहरु बताउँछन । अदुवाको उतपादन बढदा किसानले राम्रो आमदानी समेत सफल हुने अदुवा कृषक थापा मगरले बताउनुभयो ।

Share.

Leave A Reply