सुधारिएको लोगो सांसदहरुलाई प्रदान

0

कार्तिक १४ । यस अघि बनाइएको लोगो भद्दा भएर फिर्ता गरेपछि बनेको सुधारिएको लोगो संघीय संसद सचिवालयले सांसदहरुलाई वितरण गरेको छ। सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो।

तर गत साउन अन्तिममा नयाँ लोगो सार्वजनिक भए लगत्तै नक्साको स्वरूप नमिलेको पाइएपछि विरोध भएको थियो। सुनको जलपयुक्त लोगोमा झण्डाको रंग समेत लतपत थियो।

लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको थियो। विवादमा परेपछि उद्योगले निःशुल्क लोगो परिवर्तन गरिदिएको हो। प्रति लोगोमा सचिवालयले ५ हजार ५ सय २७ रुपैयाँ खर्च गरेको थियो।

Share.

Leave A Reply