र्‍यापर भिटेनलाई कारबाही गर्न निर्देशन

0

कार्तिक १४ । गीतमा प्रयोग गरिएको शब्द मद्दा भएको पाइएपछि भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।  भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा ती शब्दहरु भएको पाइएपछि कारवाही गर्न निर्देशन दिइएको छ ।
भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गर्नुभएको थियो । यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कुबेर कडायतले बताउनुभयो ।  कारवाही हुने कुरा वाहिरिएपछि भिटेनले भिडियो प्राइभेटमा राख्नुभएको छ ।

Share.

Leave A Reply