राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना, तरपनि प्रशिक्षण भने सुरु

0

कार्तिक १४ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएका हुन् ।

कोरोना देखिएका चार जना खेलाडी सेल्फ आइसोलेशनमा बसेका एन्फाले जनाएको छ । नेपालले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण सुरु गरेको हो ।

रिपोर्ट नेगेटिभ आएका खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराइएको छ ।
प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले एन्फालाई अनुमति दिएको हो ।

Share.

Leave A Reply