गैंडाकोट ८ को विजय चोकदेखि कालिका चोकसम्मको सडक कालोपत्रे हुने

0

गैंडाकोट, कार्तिक १४ । गैंडाकोट ८ को विजय चोक देखि कालिका चोकसम्मको सडक कालोपत्रे हुने भएको छ । कालोपत्रेका लागि काम सुरु भइसकेको वडाअध्यक्ष डिलाराम रिजालले जानकारी दिनुभयो ।

सकेसम्म उपभोक्ताको पनि सहभागीता गराउने उद्देश्यले काम भइरहेको बताउँदै वडाअध्यक्ष रिजालले तत्काललाई ६ सय मिटर बाटो कालोपत्रे गर्नका लागि २५ लाख बजेट सडक बोर्ड बाट प्राप्त भएको जानकारी दिनुभयो । ६ मिटर कालोपत्रे र १÷१ मिटर आधार रहने सडकमा तत्काल नाली भने नवन्ने उहाँको भनाई छ ।

नाली निर्माणका लागि नगरपालिकाको कार्यपालिका बैठकबाट पास गरेर डिपिआर बन्दै गरेको भन्दै कालिका चोकसम्मको कालोपत्रे सकिनासाथ भिडिआरसीबाट नन्दन सामुदायिक वनको कार्यालय तर्फ र त्यहाँबाट अहिले ग्राभेल भइसकेको पछाडीको सडकपनि कालोपत्रे गर्ने योजना रहेको वडाअध्यक्ष रिजालले बताउनुभयो । सवै गर्दा १ किलोमिटर सडक कालोपत्रे हुने गरी काम अघि वढाउने र अपुग रकमका लागि आफूले पहल गरेर बजेट जुटाउने उहाँको भनाई छ ।

कालोपत्रे भइसकेको सडक पनि ठाउँठाउँमा खाल्डाखुल्डी भएको लामो समयसम्म पनि सडकको मर्मत नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए । मुख्य राजमार्गमा अस्थायी नाला नबन्दा विजय चोकमै पानी जमेर हिँडडुलमा समेत कठिन भएको थियो । अव सडक कालोपत्रे हुने भएपछि ती समस्याको समाधान हुने भएको छ ।

Share.

Leave A Reply