भरतपुर १५ मा ईलाका प्रहरी कार्यालयको स्थापना

0

चितवन, कार्तिक १३ । चितवनको भरतपुर महानगरपालिका वडानम्वर १५ मा ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको छ । यस अघि स्वास्थ्य चौकी रहेको उक्त भवनलाई आजबाट इलाका प्रहरी कार्यालयको रुपमा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।

४५ जनाको दरवन्दी हुने गरी स्थापना भएको कार्यालयमा तत्काल १३ जनाबाट सेवा प्रवाह हुने र आवश्यकता अनुसार थप्दै लगिने थापाले बताउनुभयो ।

फुलबारी चौतारा चितवनमा स्थापना गरिएको कार्यालयको जिम्मा प्रहरी निरीक्षक तहको कमाण्डमा प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी(पथिक), भरतपुर महानगरपालिका उप(प्रमुख पार्वती शाह ठकुरी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply