नवलपुरमा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो

0

गैंडाकोट, कार्तिक १३ । नवलपुरमा कोरोना संक्रमितको सख्या १६ सय नाघेको छ । आजसम्म १६ सय ७० जनामा कोरोना संक्रमिण पुष्टी भएको स्वासथ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।

उपलब्ध गराएको तथ्याङ्क अनुसार गैंडाकोट नगरपालिकामा हालसम्म ४५१ जना संक्रमित भएका छन् । देवचुली नगरपालिकामा ३८१, कावासोती नगरपालिकामा ३७७, मध्यविन्दु नगरपालिकामा १५५, विनयी त्रिवेणीमा १५५, हुप्सकोटे गाउँपालिकामा ५८ जना, बौदिकािल गाउँपालिकामा ५० र बुलिगटार गाउँपालिकामा ४३ जनामा संक्रमण पुष्टी भएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टी भएका १८ जनाको मृत्यु भएको छ ।

जसमा गैंडाकोट नगरपालिकाका ७ जना, देवचुलीका ४, कावासोतीका ३, मध्यविन्दुका २ र विनयी त्रिवेणीका २ जनाको मृत्यु भएको छ ।

हालसम्म जिल्लामा १ हजार १ ३७ जना निको भएका छन् । ५१५ जना सक्रिय संक्रमितको विभिन्न ठाउँमा उपचार भइरहेको कार्यालयले जनाएकोछ । जिल्लामा आज मात्रै ३० जनामा संक्रमण पुष्टी भएको छ भने ३५ जना निको भएका छन् ।

Share.

Leave A Reply