दसैँका समय गैंडाकोटमा ३ ठूला सडक दुर्घटना, २ जनाको मृत्यु

0

गैंडाकोट, कार्तिक १३ । दसैँको समय गैंडाकोटमा ३ ठूला सडक दुर्घटना भएका छन् । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार कार्तिक ७ गते गैंडाकोट २ शिलान्यास चोक नजिक लु १ ख ४५९० नम्वरको ट्रकले विपरित दिशाबाट गइरहेको रिक्सालाई ठक्कर दिएको थियो । उक्त घटनामा गैंडाकोट १ का ६८ वर्षीय कलाधर कडेँलको उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यस्तै कार्तिक ८ गते गैडाकोट ९ थुम्सीको डाइभर्सन नजिक पूर्व बाट पश्चिमतर्फ जाँदै गरेको ना ४३ प ६८९७ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार जिल्ला बारा गढिमाई गाउँपालिका ४ वस्ने २५ वर्षका गौतम चौधरीको मृत्यु भएको गैंडाकोट प्रहरीले जनाएको छ । गम्भीर घाईते चौधरीको भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै सोही दिन गैडाकोट ४ काँग्रेसचोकमा पश्चिबाट पुर्व तर्फ आउँदै गरेको ना ५ त ७४८६ नम्वरको ट्याक्टरमा सोही दिशाको पछाडीबाट आउँदै गरेको ना ५१ प ५८९ नम्वरको मोटरसाइकल ट्याक्टर पछाडी ठक्कर खाएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ ।

ठक्करबाट गैडाकोट १२ हर्कपुर बस्ने वर्ष २८ का राजेन्द्र महतो गम्भीर घाईते भई पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

Share.

Leave A Reply