छिट्टै संसदको विशेष अधिवेशन बोलाउन दबाब दिदैछौँ ः नेतृ संग्रौला

0

 

गैंडाकोट, कार्तिक १३ । जनताको उपचार गर्न सक्दिन भनी सरकारले हात उठाएको नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम सांसद डा डिला संग्रौलाले आरोप लगाउनु भएको छ ।

बिजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै आधारभूत स्वास्थ्य उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले सरकारले यसैको हनन् गरेको भन्दै डा संग्रौलाले संसद चल्न नसक्दा सरकार ट्याकबाट बाहिरिएको बताउनुभयो । संसदको नियमित बैठक बस्न कठिन हुने अवस्थामा तत्काल विशेष अधिवेशन बोलाउन दबाब दिइरहेको उहाँको भनाई छ ।

जनताको सर्वोच्च निकाय नै बन्द हुँदा सरकार स्वेच्छिक बनेकाले देशमा थप भ्रष्टचार बढ्ने, कुटनीति नियमहरु भङ्ग गर्ने र राष्ट्रियता खतरामा पार्ने काम गरेकाले सरकार विरुद्ध बोल्ने थलो खुलाउन अन्य विपक्षी दलहरुसँग कुरा भइरहेको बताउनुभयो । स्वघोषणा गरे निशुल्क उपचार गर्ने सरकारी भनाई झारा टार्ने खालको रहेको र सरकार पूर्ण असफल भएको उहाँको भनाई छ ।

विपन्न, गरिवको मापदण्ड के हो ? सास फेर्न आकुलव्याकुल भइरहने अवस्थामा उसले कसरी स्वघोषणा गर्ने उहाँको प्रश्न थियो । दसैँ अगाडि नै दुई पटक सम्म पार्टीको केन्द्रीय समितिको बैठक स्थगित कोरोनाका कारण भएको भन्दै दसैँ पछाडि विशेष अधिवेशनका लागि पहल गर्ने बताउनुभयो ।

पार्टी भित्रको आन्तरिक विवादले बैठक वस्न नसकेको भन्ने गलत भएको भन्दै कोरोना पोजेटिभ देखिने र कन्ट्याक्ट टे«सिङमा धेरै साथीहरु क्वारेनटाइनमा बस्नु परेका कारण बैठक स्थगित भएको बताउनुभयो ।

 

https://www.facebook.com/vijayafm/videos/2637393856509957

Share.

Leave A Reply