मोटरसाईकल सहित ९ लाख १५ हजार ८ सय मूल्य बराबरको अवैध सामान बरामद

0

गैंडाकोट, कार्तिक १२ । नवलपरासी (पश्चिम) प्रहरीले आज एक मोटरसाइकल सहित ९ लाख १५ हजार ८ सय बरावरको अवैध सामान बरामद गरेको छ । अवैध मालसामान ओसार(पसारमा संलग्न १ मोटरसाईकल सहित उक्त मूल्य बरावरको सामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ७ जिमिरेभार चोकबाट भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख ७८ हजार ८ सय मुल्य बराबरको पेन्टर मेसिन,हिट प्रेस मेसिन, पेपर, टिसर्ट, प्लाष्टिक डोरी लगायत सामानहरु, करिव १ लाख १५ हजार २ सय मुल्य बराबरको ३८४ थान लेडिज टप्स , त्यसैगरी भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिव ४६ हजार ३५ मुल्य बराबरको प्याज (४०० केजी) बरामद गरिएको हो ।

उक्त सामानहरु मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल लिएर मानिस भागेका थिए । त्यसै गरी भारतबाट नेपाल तर्फ भन्सार छली युपी ५३ सीएम ४६८० नम्बरको मोटरसाईकलमा राखि ल्याउदै गरेको रेडमी मोबाइल १५ थान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट मोटरसाईकल सहित बरामद गरेको छ । उक्त बरामद मोबाईलको अन्दाजी मुल्य ३ लाख र मोटरसाईकलको अन्दाजी मुल्य ५० हजार गरी जम्मा ३ लाख ५० हजार मुल्य बरामर रहेको छ ।

त्यसैगरी भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिव १० हजार ८ सय मुल्य बराबरको चिनी ( ५० केजी), प्याज ( ४० केजी) तथा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १५ हजार मुल्य बराबरको हरियो मटर (१५० केजी) र मटरको दाल (५० केजी) लगायतका सामान प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ०७ भन्सार टोल स्थितबाट बरामद गरेको छ ।

उक्त सामान साईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालेर साईकल लिई मानिस भागेका थिए । आज बरामद सम्पुर्ण सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply