दसैँका बेला चितवनमा १० वटा सवारी दुर्घटना, ३ जनाको मृत्यु

0

डोलराज रानाभाट, चितवन, कार्तिक १२ । घटस्थापना देखि विजया दशमीको भोलिपल्ट अर्थात कार्तिक १ देखि ११ गतेसम्म चितवनमा १० वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा विभिन्न १६ वटा सवारी संख्या दुर्घटनामा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकुष्ण भट्टका अनुसार १६ वटा सवारी दुर्घटना हुँदा ३ जना मानिसले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा सवै जना पुरुष रहेका छन् ।

घटस्थापना र फुलपातीका दिन २÷२ वटा दुर्घटना भएका छन् । दुर्घटना हुने सवारीमा मोटरसाइकलको सख्या धेरै छ । जसमा १० वटा मोटरसाइकल, ३ वटा बस छन् भने जिप कार, ट्याक्टर र ट्रक १/१ वटा रहेका छन् । दुर्घटनामा परी १० जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा ७ पुरुष, २ महिला र १ बालक रहेका छन् । त्यस्तै ५ जना साधरण घाइते भएको भट्टले जानकारी दिनुभयो जसमा ४ जना पुरुष र १ महिला रहेका छन् ।

त्यस्तै गत वर्ष भने दसैँ असोज महिनामा परेको थियो । दसैँको समय मात्रै भएको सवारी दुर्घटनाको विवरण नभएपनि असोज महिनाभर उक्त वर्ष ३४ पटक दुर्घटना भएको थियो जसमा ५६ वटा सवारी दुर्घटनमा परेका थिए । जसमा ९ जनाको मृत्यु, २२ जना गम्भीर घाईते,१०० जना सामान्य घाइते भएका थिए ।

Share.

Leave A Reply