गैँडाकोट १५ की एक महिला सहित ३ जनामा कोरोना संक्रमण, गोरखाकी १९ वर्षीय कोरोना संक्रमित युवतीको मृत्यु

0

चितवन, कार्तिक १२ । चितवनमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा मकवानपुर हेटौँडा १७ की ४५ वर्षीय महिला, रौतहट चन्द्रापुर १० की ४३ वर्षीय महिला र नवलपरासी गैंडाकोट १५ की ५६ वर्षीय महिला रहेका छन् ।

कार्तिक ११ गते संकलित १० वटा नमुना मध्य अन्यको भने रिपोर्ट नेगेटिभ रहेको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिनुभयो ।

यसैविच,भरतपुर सरकारी अस्पतालमा उपचाररत गोरखा जिल्लाकी १९ वर्षीय युवतीको कोरोनाका कारण मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका १ बस्ने १९ वर्षीय ती युवती कार्तिक ५ गते कोभिड १९ संक्रमण पुष्टी भई श्वासप्रश्वाशमा समस्या सहित कार्तिक ६ गते अस्पतालको कोभिड आइसीयुमा उपचार भइरहेको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि भेन्टिलेटरमा राखी उपचार हुँदैगर्दा हिजो दिउसो ३ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

Share.

Leave A Reply