गैंडाकोटका १ जना कोरोना संक्रमितको मृत्यु

0


गैंडाकोट, कार्तिक१२
गैंडाकोट नगरपालिका वडा नम्बर २ का ५४ बर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कार्तिक ३ गते सिएमसी अस्पताल भर्ना हुनुभएका उहाँमा कार्तिक ४ गते कोरोना पुष्टी भएको अस्पतालका निर्दैशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । स्वासप्रश्वासको समस्या भएर कार्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको हिजो बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक लम्सालले जानकारी दिनुभयो । उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उहाँ मधुमेहको बिरामी भएको पनि अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply