सुम्निमा डिजिटल सिङ्गिङ प्रतियोगिताको उपाधि जनकपुरका अनिषलाई

0

कार्तिक ७ । नवलपुरमा आयोजना भएको राष्ट्रब्यापी सुम्निमा डिजिटल सिङ्गिङ प्रतियोगिताको उपाधि जनकपुरका अनिष श्रेष्ठले जित्नु भएको छ ।
कावासोतीस्थित कुमारवर्ती सांस्कृतिक मञ्चको आयोजनामा डिजिटल माध्यामबाट पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको फस्ट रनर अप नवलपरासीपूर्व देवचुलीकी सुष्मा क्षेत्री र सेकेण्ड रनर अफ तनहुँका दीपक सेञ्चुरी घोषित हुनु भएको छ ।
उपाधि जितेका अनिषले ५० हजार नगद प्राप्त गर्नुभयो भने फस्ट रनरअप सुष्मा र सेकेण्ड रनरअप दीपकले क्रमशः ३० हजार र २० हजार नगद प्राप्त गर्नुभयो ।
प्रतियोगितामा नवलपुरका दिनेश खनाल र चितवनकी सुजिना पाण्डेले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा गायक रमेशराज भट्टराई र गायिका सहिमा श्रेष्ठ हुनुहुन्थ्यो ।
अनलाइन माध्यामबाट आयोजना गरिएको प्रतियोगितामा देशभरबाट ९९७ जनाको सहभागिता थियो । टप फाइभको छनोटमा परेका मध्येबाट आज तीन जनालाई पुरस्कृत गरिएको हो । प्रतियोगिता साउन १ गतेदेखि शुरु गरिएको थियो ।

उपाधि विजेताहरुलाई कुमारवर्ती आदर्श सांस्कृतिक मञ्चकी संरक्षक सरस्वती तिमिल्सिना, आयोजक संस्थाका अध्यक्ष कृष्ण कण्डेल, नेपाल तरुण दल नवलपुरका अध्यक्ष सूर्यबहादुर गुरुङले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

Share.

Leave A Reply