देवचुलीका ६८ जना कोरोना मुक्त

0

गैंडाकोट, कार्तिक ७ । देवचुली नगरपालिकामा ६८ जनाले आज कोरोनालाई जितेका छन् । कार्तिक ३ गते सङ्कलन गरिएको १०५ जनाको स्वाब परीक्षणपछि प्राप्त रिपोर्टमा आज ६८ जना सङ्क्रमण मुक्त हुनु भएको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमण मुक्त हुनेमा चिकित्सालयका सुरुक्षा प्रमुख सहित ३ जना अन्य शसस्त्र प्रहरी सहित ६८ जनाले कोरोनालाइ जित्नुभएको हो । सुरक्षाका व्यक्तिहरुको एक हप्तामै रिपोर्ट नेगेटिभ आएको चिकित्सालयका निर्देशक डा विनोद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै थप २ जनामा सङ्क्रमण पुष्टि भएको छ भने कार्तिक २ गते सङ्कलन गरिएको १०९ जनाको रिपोर्ट भने अझै प्राप्त नभएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

Share.

Leave A Reply