नवलपुरका प्रमुख जिल्ला अधिकारी पंगेनीलाई कोरोना संक्रमण

0

गैंडाकोट, कार्तिक ६ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराइलाई कोरोना संक्रमण देखिएको छ । कामकै सिलसिलामा रहदा रहदै केही लक्षण देखिएपछि गत सोमवार उहाँले स्वाव दिनुभएको थियो ।

यो विषम परिस्थितीमा पनि निरन्तर दैनिक कार्यमा विभिन्न ठाउँमा जाँदा संक्रमण भएको हुन सक्ने पंगेनीले बताउनुभयो । सुरुमा केही उच्च ज्वरो र टाउको तथा खुट्टा दुख्ने गरेपनि अहिले भने स्वास्थ्य अवस्था सामान्य रहेको विजय एफएमलाई जानकारी दिनुभयो ।

अहिले पहिला भन्दा धेरै स्वास्थ्य लाभ भएको बताउँदै सुरक्षित रहेर दसैँ पर्व मनाउन सवैलाई आग्रह गर्नुभएको छ ।

 

वर्षकै ठूलो पर्व भएपनि कोभिड १९ को संक्रमण बाट टाढै रहेर शान्ति सुरक्षामा खलल नपुर्याउने गरी सुरक्षित साथै पर्व मनाउन आग्रह सहित जिल्लावासीलाई शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply