समुदायप्रति विजय परिवारको दायित्व बढ्दो

0


प्रेम क्षेत्री
कार्तिक ६, गैंडाकोट । चार दशकदेखी सामाजिक विकासमा क्रियाशिल विजय विकास स्रोत केन्द्रले विजय परिवार अन्तर्गतका ८ वटा संस्थाहरुबीच अनुभव, सिकाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
गैंडाकोट ८ स्थित विजय विकास स्रोत केन्द्रको चेतना सदनमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोगका कारण सिर्जित सामाजिक तथा आर्थिक समस्यासँग मिलेर सामना गर्दै सामाजिक दायित्व पुरा गर्नुपर्ने बताएका थिए । विजय परिवारसँग नैतिक, शैक्षिक, भौतिक, आर्थिक लगायत बौद्धिक सम्पत्ती रहेको र यो समुदायमा बाड्नुपर्ने उनिहरुले बताएका छन् । विजय परिवारप्रति समुदायको ठुलो आशा र अपेक्षा रहेकाले अबका कार्यक्रम सोही अनुरुपको हुनुपर्नेमा जोड दिएका हुन् । कोभिडका कारण असहज बनिरहेको सन्दर्भमा विजय परिवारमा स्रोत, साधन, ज्ञान र जनशक्ती रहेकोले यसलाई परिचालन गर्न सके समुन्नत समाज बन्ने बताएका हुन । सूचना, शैक्षिक तथा वित्तीय क्षेत्रको माध्यमबाट समाजलाई परिवर्तन गर्न सकिने उनिहरुको भनाई छ ।


विजय परिवारमा विजय विकास स्रोत केन्द्र, केन्द्रद्धारा प्रवद्र्धन गरिएका विकू बचत तथा ऋण सहकारी संस्था लि, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि, विजय सामुदायिक शिक्षा सहकारी संस्था लि, विजय लघुवित्त वित्तिय संस्था लिमिटेड, विजय कन्सल्टि∙ प्रा.लि., विजय फाउण्डेशन नेपाल र विजयश्री उपभोक्ता सहकारी संस्था आवद्ध छन् । यी संस्थाले समुदाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै आफ्नो फरक पहिचान बनाउन सफल भएका छन् ।
कार्यक्रममा बोल्दै विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले विजय परिवारप्रति समुदायको ठुलो आशा र अपेक्षा रहेकाले त्यो पुर्ती गर्न तयार रहेको समेत बताउनुभयो । केन्द्रका पूर्व अध्यक्ष खेमराज सापकोटाले कोरोनाका कारण कार्यक्रम प्रभावित भईरहेको र कठिन परिस्थितीमा अघि वढ्ने चुनौती थपिएको भन्दै विजय परिवारका सदस्य एक भएर अघि वढ्नुपर्ने बताउनुभयो ।
विजय विकास स्रोत केन्द्रका संस्थापक अध्यक्ष ऋषीराम सापकोटाले अघि वढ्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो । विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले विजय परिवारसँग रहेको नैतिक, शैक्षिक, भौतिक, आर्थिक लगायत सम्पत्ती रहेको र यो समुदायमा बाड्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा उत्प्रेरक एवं समाजसेवी तिलकप्रसाद सापकोटाले कार्यक्रमको प्रभावकारिता र गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै उत्प्रेरक एवं कवि गोविन्दराज विनोदीले महामारीकाबीचमा पनि विजय परिवारले गरेको कार्य सरहानिय रहेको बताउनुभयो ।
कार्यक्रममा विजय विकास स्रोत केन्द्रका तर्फबाट कार्यकारी निर्देशक केशवप्रसाद सापकोटा, विकू बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट वरिष्ठ अधिकृत गोविन्दप्रसाद सापकोटा, विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाका तर्फबाट विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, विजय सामुदायिक शिक्षा सहकारी संस्थाका तर्फबाट विजय सामुदायिक शिक्षा सदनका प्रिन्सिपल रामचन्द्र न्यौपाने, विजय लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटा, विजय कन्सल्टि∙ प्रा.लि.का अध्यक्ष बसन्तराज लम्साल, विजयश्री उपभोक्ता सहकारी संस्थाका तर्फबाट अध्यक्ष हरिलाल सापकोटाले संस्थागत जानकारी गराउनुभएको थियो ।
केन्द्रका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम विजय विकास स्रोत केन्द्रका सचिव भूमिराज चापागाईले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा विजय परिवारका सदस्य संस्थाका पदाधिकारी, सदस्य तथा कर्मचारीको भौतिक तथा जुम प्रविधिमार्फत उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply