अभियानको दोस्रो दिन लक्ष्मी नृसिंह दिव्यधाम मन्दिरमा सरसफाइ

0

कार्तिक ६ । इन्ट्राक्ट क्लव अफ गैंडाकोटले आयोजना गरेको सरसफाइ अभियानको दोस्रो दिन हिजो गैंडाकोट नगरपालिका वडा नं. १ मा रहेको लक्ष्मी नृसिंह दिव्यधाम मन्दिरमा सरसफाइ गरिएको छ । इन्ट्राक्ट क्लब,रोट्र्याक क्लब,बाल क्लब र रोटरी क्लबका सदस्यहरुको सहभागितामा मन्दिर परिसर र बगैंचा क्षेत्र सरसफाइ गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष हरिप्रसाद सापकोटाले मठमन्दिरको बगैंचा निर्माण ,सरसफाइ र संरक्षणमा वडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट सहयोग गर्ने योजना बनाएको बताउनु भयो । बालबालिकाका कार्यक्रमलाई वडाले प्रमुख प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं १ का वडा सदस्य एवं रोटरी क्लब अफ गैंडाकोटका उपाध्यक्ष राजेन्द्र प्रसाद उपाध्याय,रोट्र्याक क्लब अफ गैंडाकोटका अध्यक्ष कौशिक पन्त,पत्रकार एवं बाल अधिकारकर्मी जगन्नाथ उपाध्याय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सचिन शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सुस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण स्नेहा सागर सुवेदीले गर्नु भएको थियो ।

Share.

Leave A Reply