२ महिनामा गैंडाकोटको विकास खर्च शून्य दशमलव १२ प्रतिशत, नगरपालिकाका पदाधिकारीले लिए १ करोड ७९ लाख ८० हजार पारिश्रमिक

0

डोलराज रानाभाट, गैंडाकोट, कार्तिक ५ । चालु आर्थिक वर्ष २०७७÷०७८ को भदौसम्म गैंडाकोट नगरपालिकाले १२ दशमलव ७२ प्रतिशत चालु खर्च गरेको छ । यही अवधिमा पुँजीगत खर्च भने जम्मा शून्य दशमलव १२ प्रतिशत खर्च गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार यो आर्थिक वर्षमा कुल २२ करोड २६ लाख ६७ हजार ३६२ बार्षिक बजेटमा २ करोड ८३ लाख १४ हजार ८४० रुपैया अर्थात १२ दशमलव ७२ प्रतिशत खर्च भएको हो । चालुमा पदाधिकारी पारिश्रमिक बाहेक खर्च भएका अन्य शीर्षकमा कार्यक्रम खर्च जहाँ ७७ लाख ७ हजार ९६६ रुपैया, विविधि कार्यक्रम खर्चमा ४ लाख ८० हजार, अन्य समाजिक सहायतामा २ लाख ४६ हजार ९७० रुपैया, विविध खर्चमा २ लाख ३२ हजार ९३९ रुपैया, अनुगमन मुल्याङ्कन खर्चमा मात्रै १ लाख ३८ हजार ४५० रुपैया, उद्दार राहतमा १ लाख १५ हजार ९०५ रुपैया र भ्रमण खर्चमा ४० हजार ८ सय रुपैया खर्च भएको छ । त्यस्तै अन्य भत्ता शीर्षकमा १९ हजार ६७४ रुपैया, पानी तथा बिजुलीमा १ लाख १ हजार २४६, पदाधिकारीको इन्धनमा ६९ हजार ८९५, कार्यालय प्रयोजनको इन्धनमा २ लाख, सवारी साधन मर्मत खर्चमा ३ लाख २३ हजार २२९, मसलन्द तथा कार्यालय सामाग्रीमा २ लाख २ हजार ५९१ रुपैया, सरसफाइसेवा शुल्कमा २ लाख २४ हजार ६२५, सूचना प्रणाली तथा सफ्टवेयर संचालन गर्दा १ लाख ४७ हजार ११० रुपैया लगायतमा खर्च भएको छ ।

पूँजीगत तर्फ भने ३० करोड ६३ लाख ४७ हजार ४५९ रुपैया वार्षिक बजेट रहेकोमा जम्मा शून्य दशमलव १२ प्रतिशत अर्थात ३ लाख ७२ हजार मात्रै खर्च भएको छ । सडक तथा पूल निर्माण शीर्षकमा ९५ हजार, विद्युत संरचना निर्माणमा २० हजार र अन्य सार्वजनिक निर्माणमा २ लाख ५७ हजार खर्च भएको छ ।

यो वर्षका लागि कुल विनियोजित बजेट ५२ करोड ९० लाख १४ हजार ८२१ म चालु र पूजीगत गरी २ करोड ८६ लाख ८६ हजार ८४० रुपैया मात्रै खर्च भएको हो जुन कुल प्रतिशतमा ५ दशमलव ४२ प्रतिशत रहेको छ ।
आन्तरिक आम्दानी शून्य
चालु आर्थिक वर्षको भदौसम्म नगरपालिकाको आन्तरिक आम्दानी भने शून्य छ । बैँक मौज्दातको १९ करोड १४ लाख १० हजार ५१२ रुपैया वाहेक अन्य कुनै पनि शीर्षकमा आम्दानी छैन । आन्तरिक स्रोत तर्फ २४ करोड ४२ लाख ६४ हजार ३२१ रुपैया प्रस्तातिव आयको आकलन गरिएको छ । बैँक मौज्दात उक्त रकम र संघीय सरकारबाट ४ करोड ४ लाख २५ हजार समानिकरण अनुदान नगरपालिकालाई प्राप्त भएको छ । संघीय सरकारबाट ४८ करोड ६२ लाख प्रस्तावित आयको रुपमा राखिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट १ करोड २८ लाख ८८ हजार प्रक्षेपण गरिए पनि हालसम्म आम्दानी प्राप्त नभएको देखिएको छ । त्यस्तै राजश्व बाँडफाँडतर्फ १५ करोड ६ लाख ६२ हजार ५ सय प्रस्तावित गरिएको पनि आम्दानी भदोसम्म शून्य छ ।

 

For more details

click here for Download 

 

नगरपालिका बन्द, कर्मचारी भ्रमणमा

फुलपाती देखि बन्द हुनुपर्ने नगरपालिका कार्तिक २ मै बन्द भयो । एक सुचना जारी गरेर अत्यावश्यक सेवा मात्रै प्रवाह हुने गरी नगरपालिका बन्द हुँदा नियमित सेवा नपाएर सेवाग्राही फर्कनुपरेको छ ।

 

संस्थाका लाग आएको बजेट सम्झौता गर्न नगरपालिका गएका सेवाग्राही नगरपालिका बन्द भएको र कर्मचारीहरु भ्रमणका गएको थाहा पाउँदा दुख लागेको बताए । सेवा पाउनुपर्ने समयमा पनि नगरपालिका बन्द गरेर कर्मचारीलाई भ्रमण पठाउँदा आलोचना भएको छ । स्वास्थ्य सेवा, वडा सिफारिस, पन्जीकरणको सेवा दिएपनि अन्य इन्जिनियरिङ,लेखा लगायतका सेवाहरु फुलपाती अघिनै ठप्प भएका छन् ।

सूचना जारी स्पष्ट कारण भने खुलाइएको छैन । नगरपालिका फुलपाती अघि नै बन्द गर्नुपर्ने कारण सुचनामा प्रष्ट नखुलाइए पनि दसैँ पर्व सुरक्षाका मापदण्ड पालना गर्दै मनाउन नगरवासीलाई भने अनुरोध गरिएको छ ।

यता प्रमुख प्रशासकीय अधिकृत विष्ण्ुाप्रसाद भुषाललाई नगरपालिका बन्द गराएर कर्मचारीलाई भ्रमण पठाउनु उचित छ भन्ने प्रश्न गर्दा कार्यपालिका लगायत सवैको सहमत भएर बन्द गरिएको र अत्यावश्यक सेवा नरोकिएको बताउनुभयो ।

 

लामो समय निरन्तर काम गरिरहेका कर्मचारी आफ्नै खर्चमा फ्रेस हुन कम भीड हुने ठाउँतर्फ आफ्नै खर्चमा जानुभएको बताउनुभयो । साथै रुकुम लगायत टाढा टाढा घर हुनुभएका कर्मचारीहरुलाई पनि चाँडै पठाउनु परेकोले कार्यालय बन्द गरिएको बताउनुभयो ।

 

 

Share.

Leave A Reply