कोरोना संक्रमितको उपचार निःशुल्क हुन्छ ः गण्डकी प्रदेश सरकार

0

कार्तिक ४ । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीको उपचार निःशुल्क गर्ने जनाएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निशुल्क उपचार भइरहेको र यो जारी रहने बताउनुभयो ।
कोरोना संक्रमितको उपचार खर्च संक्रमित व्यक्ति आफैले व्यहोर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमै भनेपछि गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार प्रदेशभित्र निःशुल्क भइरहेको प्रष्ट पारेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको स्पष्ट पार्दै सामाजिक संजालमा जानकारी दिनुभएको छ । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेशमा ३८ ठाउँका आइसोलेसनबाट कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply