अनुगमनमा बरामद म्याद सकिएका बस्तुहरुको नष्ट

0

चितवन, कार्तिक ४ । दसैँ लक्षित बजार अनुगमनका क्रममा चितवनमा बरामद भएका म्याद सकिएका खाद्य तथा पेय पदार्थहरुको आज नष्ट गरिएको छ । गत असोज १७ गतेदेखि कार्तिक ३ गतेसम्म जिल्लाका सवै स्थानीय तहका मुख्य ठाउँहरुलाई केन्द्रीत गरी बजार अनुगमन गरिएको थियो ।

सो क्रममा विभिन्न ठाउँबाट एक ट्याक्टर म्याद नाघेका खाद्य तथा पेय पदार्थ, सुर्ती,बियर लगायत बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख उद्योग अधिकृत नारायण प्रसाद लम्सालले जानकारी दिनुभयो ।

आज कार्यालय परीसरमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण, उपभोक्ता अधिकार संरक्षण मञ्च, नेपाल प्रहरी, कोष तथा लेखा नियन्त्रक कार्यालय र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको हो ।

 

यस पटक पहिलो चरण भएकाले व्यवसायीहरुलाई सचेत गराएर छाडिएको र दोस्रो पटकको अनुगमनमा पनि नियमहरुको पालना नगरे कारवाही गर्ने लम्सालको भनाई छ । उहाँका अनुसार प्रदेश र संघको संयुक्त अनुगमन टोलीले यस पटक चितवनमा बजार अनुगमन गरेको थियो ।

Share.

Leave A Reply