सामाजिक लोकतन्त्र अध्ययन केन्द्र चितवनको कार्यसमिति बिस्तार

0


कार्तिक ३ चितवन ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको आज चितवनमा कार्यसमितिको बिस्तार गरिएको छ । यस अघिनै केन्द्रको चितवन शाखाको संयोजकमा डा. बिजयचन्द्र आचार्र्य, उपसंयोजकमा रामहरि भण्डारी र सचिवमा रामहरी तिमिल्सेना चयन हुनुभएको थियो । आज कोषाध्यक्ष सहित १३ जना नयाँ सदस्य थप गरी कार्यसमितिलाई १७ सदस्यीय बनाईएको जनाईएको छ । संयोजक डा आचार्यले बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका निर्वतमान कार्यकारी निर्देशक हुनुहुन्छ ।


आज बिस्तारित कार्यसमितिको कोषाध्यक्षमा श्रीराम दवाडी, त्यस्तै गरी सदस्यहरुमा प्रा चिरन्जीवी श्रेष्ठ, डा.राजेन्द्र रेग्मी, डा.रन्जनभक्त भण्डारी, डा.सन्दिप गर्ग, डा.रजनी शाह मल्ल हुनुहुन्छ । त्यसैगरी ई.भरत अर्चाय, फुलमाया रानाभाट, छाँया श्रेष्ठ, दिपेन्द्र चौधरी, साबित्रिदेबी भुर्तेल, युवराज लामा, बिकास पौडेल र पूर्णप्रसाद शर्मा हुनुहुन्छ ।

संयोजक डा. आचार्यले सस्थाले मानवअधिकार, सुशासन, जनशक्तिकरण, वाक स्वतन्त्रता, मौलिक हक, आवधिक निर्वाचन, संघिय तथा स्थानिय स्वायत्त शासनका बिबिध क्षेत्रमा अध्यन अनुसन्धान गर्ने बताउनुभयो ।

लोकतान्त्रिक समाजवादको सम्र्वद्धन र प्रवद्धन गर्दै नागरिकको जीवनस्तरमा उल्लेख्य बृद्धि ल्याउने हेतुले सन २०१४ मा काठमाडौंमा केन्द्र स्थापना गरिएको थियो । सामाजिक लोकतन्त्रका मुल आधारहरु स्वतन्त्रतता समानता बिभेद न्युनिकरण र आर्थिक न्याय रहेकाले केन्द्रले यसैमा आधारित रहेर हालसम्म काम गरिरहेको छ ।

Share.

Leave A Reply