गैंडाकोट ३ र देवघाट १ जोड्ने गरी कालिगण्डकी नदीमा पक्की पुल बनाउन स्थलगत निरीक्षण

0

गैंडाकोट, कार्तिक ३ । गैंडाकोट नगरपालिका वडानम्वर ३ र तनहुँ जिल्ला देवघाट गाउँपालिका वडानम्बर १ कालिका टार कोटा जोड्ने गरी कालिगण्डकी नदिमा पक्की पुल निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन गरिएको छ ।

डिपिआर बनाउन आज स्थलगत निरीक्षण गरी पूर्व सम्भाव्यता भएको हो । यातायात पुर्वाधार निर्देशनालय गण्डकी प्रदेश मातहत सर्वे तथा डिजाइन हुने गरी आज स्थलगत निरीक्षण भएको ढोडेनीबाट इन्द्रज्योति पोखरेलले जानकारी दिनुभयो । आज स्थलगत निरीक्षण पछि अहिले झोलुङे पुल भएको आसपासमा पक्की पुल निर्माण गर्ने गरी ठाउँ तोकिने भएको छ ।

उक्त ठाउँमा बन्ने पक्की पुलको लागि सुहाउँदो ठाउँ माटो र अवस्था कस्तो छ त्यसको बारेमा स्थलगत अनुगमन भएको वडाअध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । फिल्ड हेर्नका लागि सर्वे डिजाइन कन्सल्टेण्टका टिम लिडर अर्जुन मरासीनी, स्टक्चरल इन्जिनियर विराट देव भट्ट, जियोलोजिष्ट ऋषि गड्तौला आउनुभएको थियो ।

साथै देवघाट गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष भिमबहादुर गुरुङ, गैंडाकोट १ का वडा सदस्य राजेन्द्र प्रसाद उपाध्याय,सामुदायिक वनका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक र युवा क्ल्वकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । वडाअध्यक्ष शिवकान्त तिवारीले लामो समय माग भइरहेको ठाउँमा पुल निर्माण भए आवतजावतमा सहज हुने र तनहुँ नवलपुर जोड्ने उपयुक्त मार्ग बन्ने बताउनुभयो ।

सर्भेमा सहभागी गैंडाकोट १ का वडासदस्य राजेन्द्र उपाध्यायले यो प्रदेशको कार्यक्रम रहेको र अहिले आएको टोलीले पूर्व सम्भाव्यता अध्ययन गरेको र पछि विशेष सर्भे हुन वाँकी रहेको बताउनुभयो । त्यसपछि डिपिआरको प्रकृयामा जाने जानकारी दिनुभयो ।

Share.

Leave A Reply