गैंडाकोटका मठ मन्दिरमा सरसफाई अभियान शुरु

0

गैंडाकोट, कार्तिक ३ । ईन्टर¥याक क्लब अफ गैंडाकोटले दशैको अवसर पारेर मठ मन्दिरमा सरसफाई अभियान शुरु गरेको छ । आज राधाकृष्ण मन्दिर गैंडाकोट ५ को परिसरमा सरसफाई गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी रहनुभएका गैंडाकोट ५ का वडाध्यक्ष नवराज कडेलले सरसफाई गर्नु नै स्वस्थ्य हुनु भएकाले सबैले सरसफाइमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

रोटरी क्लव अफ गैंडाकोटका पूर्व अध्यक्ष करुणासागर सुवेदी, राधाकृष्ण मन्दिर व्यवस्थापन समिति अध्यक्ष खिमलाल सापकोटा, लायन्स क्लवको फाउण्डर कृष्ण पाण्डे लगायत स्थानीयले पनि सरसफाइ गरेका थिए ।

ईन्टर¥याक क्लब अफ गैंडाकोट अध्यक्ष सुस्मिता भण्डारीले सरसफाई कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । कार्यक्रम संयोजक एवम् कोषाध्यक्ष स्नेह सागर सुवेदीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply