पाँच वर्षे व्यावसायिक कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न

0

गैंडाकोट, कार्तिक ३ । गैंडाकोट ५ मा रहेको महिला कल्याणकारी साकोस गैँडाकोटको पाँच वर्षे व्यावसायिक कार्ययोजना तर्जुमा गोष्ठी सोमबार सकिएको छ ।

योजनाले विपन्न र मध्यम वर्गलाई जोड्ने सम्बन्ध सेतुको काम गर्ने संस्थाका कार्यकारी प्रमुख इन्दिरा भुषालले बताउनुभएको छ । दुई दिनसम्म चलेको सो कार्यक्रमको समापन सत्रमा बोल्दै लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रन्जिता आचार्यले गोष्ठी आफैंमा महत्वपूर्ण र सान्दर्भिक रहेको बताउनु भयो ।

संस्थालाई केही वर्षभित्रै अब्बल संस्थाको रूपमा रूपान्तरण गर्न लागिएकोले यस खालका कार्यक्रम गरिएको छानकारी संस्थाका अध्यक्ष हरि लम्साल (अञ्जिता) ले दिनुभयो ।

संस्थाका सञ्चालक, सल्लाहकार, कर्मचारी र लेखा समितिका पदाधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण सहकारीकर्मी हरिलाल सापकोटा र गोविन्द रिमाल गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरि सापकोटा (हिना) ले गर्नुभएको थियो ।

Share.

Leave A Reply