भरतपुर २८ मा भएको खुल्ला रक्तदान कार्यक्रममा २३ जनाले रगत दिए

0

गैंडाकोट, कार्तिक ३ । भरतपुर महानगरपालिका वडानम्वर २८ का युवाक्लवको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जितपुर चोकमा भएको कार्यक्रम क्लवका अध्यक्ष सुन्दर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश ३ का सांसद कृष्ण भुर्तेलले युवा क्ल्वहरुले कोरोनाको यो विषम परिस्थितीमा महत्वपूर्ण सामाजिक कार्य गरेको भन्दै चितवनमा भएको रगत अभावलाई पुर्ति गर्न यसले मद्दत मिल्ने बताउनुभयो । कार्यक्रममा १७ जना पुरुष र ६ महिला गरी २३ जनाले रगत दान गरेको क्लवका सचिव विशाल कडेँलले विजय एफएमलाई जानकारी दिनुभयो ।

कार्यक्रममा वडाअध्यक्ष आश बहादुर कुमाल, रेडक्रसका सभापति चन्द्रदत्त सुवेदी, युवा संजालका अध्यक्ष सन्देश बाग्ले, रेडक्रसका जिल्ला सदस्य हरिशचन्द्र महतो, क्लवका उपाध्यक्ष विनीता सुवेदी लगायतको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply