नहरमा डुबेर ५ बर्षीय बालक बेपत्ता

0

नवलपुर, कार्तिक ३ । नहरमा डुबेर नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका वडानम्वर ७ मा एक जना बालक वेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँका ५ वर्षीय शिबम मिश्र रहेका छन् ।

हिजो साँझपख ब्यारेजपुल पश्चिम गण्डक नहर नजिकमा ना १ ह ४५७८ नम्वरको ई(रिक्सा उत्तर बाट दक्षिण तर्फ गई रोकीराखेर चालक सोही ठाउँका प्रेम मिश्र सामान किन्न पसल गए ।

सोही समय उनका ५ वर्षीय छोराले ई(रिक्सा स्टार्ट गरी चलाउन खोज्दा अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल गण्डक नहरमा खसेको थियो ।

नहरमा डुबी बेपत्ता भएपछि प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply