व्हिल लकरचेन लकबाट असोज महिनामात्रै ३७६ सवारी साधनलाई कारबाही

0

चितवन, कार्तिक ३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अव्यस्थित पार्किङ गर्ने सवारीलाई कारवाही गरेको छ । चाडपर्व सँगै बजारमा भीड बढेपछि कारवाहीलाई तिव्र पारिएको हो । मुख्य राजमार्ग र बजार क्षेत्रका सडकहरुमा बढ्दै गएको सवारी चापलाई मध्यनजर गरी सुरु गरिएको व्हिल लकरचेन लक गर्न थालिएको थियो । असोज महिनाभर ३७६ सवारी साधनलाई कारवाही गरिएको हो ।
सडक, फुटपाथ र नो पार्किङ क्षेत्रमा अनाधिकृत रुपमा जथाभाबी सवारी पार्किङ नगर्न ट्राफिक चितवनले अनुरोध गरेको छ । यसैविच तिव्र गतिका कारण जिल्लामा हुने सवारी दुर्घटना कम गर्न लाइडर गन मार्फत् पनि सवारीको गति चेकजाँच गरिएको छ । हिजो कल्याणपुर–रामपुर रोड र भण्डारा चोकमा भएको चेकजाँचमा ४१ जना चालकरूलाई कारबाही गरिएको छ ।

Share.

Leave A Reply