चितवनका ४९ सहित ५६ जनामा कोरोना संक्रमण पुष्टी

0

चितवन, कार्तिक २ । चितवनका ४९ सहित ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भएको स्वाव परीक्षण गर्दा भरतपुर महानगरपालिकाका १८ पुरुष, १६ महिला गरी ३४ जना, राप्ती नगरपालिकाका ३ महिला, खैरहनी नगरपालिकाका २ पुरुष र १ महिला गरी ३ जना, रत्ननगर नगरपालिकाका २ पुरुष ३ महिला गरी ५ जना, कालिका नगरपालिकाका १ जना पुरुष र इच्छाकामना गाउँपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको डा नीतु अधिकारीले जानकारी दिनुभयो ।
अन्य संक्रमितहरुमा नवलपुरको देवचुलीका १ जना महिला, वर्दघाट का १ पुरुष र पर्सा जिल्लाका ४ पुरुष र १ महिलामा संक्रमण पुष्टी भएको हो । ४३१ नमुना मध्य अन्य सवै नेगेटिभ रहेको छ ।

Share.

Leave A Reply