श्रमिकको शोषण गरे चितवन काँग्रेस चुप बस्दैन ः सभापति श्रेष्ठ

0

चितवन,कार्तिक २ ।  कोभिडको नाममा मजदुरहरुको श्रम शोषण नगर्न र यदि त्यसो गरेको पाइए नेपाली काँग्रेस चुप लागेर नवस्ने चितवनका जिल्ला सभापति जीत नारायण श्रेष्ठले बताउनु भएको छ । नेपाल टे«ड युनियन काँग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गर्न लागेको १ दिने श्रम मापदण्ड सम्बन्धि आधारभुत टेड युनियन शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले कार्यस्थलमा खटिएका श्रमजिबीहरुले स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिदै सो को सम्पूर्ण ब्यवस्था सञ्चालकहरुले गनुपर्ने बताउनु भयो । कोरोनाले दिएको कष्ट र भय बाट उम्कन सकारात्मक सोच र तनाब ब्यावस्थापन नै अचुक अस्त्र भएको समेत उहाँको भनाई छ ।
भौतिक दुरी कायम गर्दै सम्पन्ने अभिमुखिकरण कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध बिभिन्न सघ सस्थाका २५ जना सदस्यको उपस्थिती रहेको थियो । सहभागीहरुलाई कोभिड १९ ले रोजगारी लगायत श्रम बजारमा पारेकोे प्रभाब र समाधानको उपाय, सस्थाको बर्तमान सांगठानिक संरचना, असंगठित क्षेत्रका चुनैती र सम्भावना साथै अर्थब्यवस्था लगायतका बिषयमा नेपाल टे«ड युनियन काँग्रेस बागमति प्रदेश अध्यक्ष धनश्याम चापागाई, नेपाल टे«ड युनियन काँग्रेस चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा र सचिब रमेश खनालले सहजीकरण गर्नुभएको थियो ।
नेपाल टे«ड युनियन काँग्रेस चितवनका पुर्व अध्यक्ष एंव केन्द्रिय सदस्य बैगुण्ठराज पौडेल, नेपाली काँग्रेसका नेता धनबहादुर गुरुङ्ग लगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रम नेपाल टे«ड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply