महिला कल्याणकारी साकोस गैँडाकोटको व्यावसायिक कार्ययोजना तर्जुमा गोष्ठी सुरु

0

गैंडाकोट, कार्तिक २ । महिला कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट ५ ले व्यावसायिक योजना कार्यशाला गोष्ठीको सुरु गरेको छ ।

गोष्ठीले आगामी पाँच वर्षे व्यावसायिक योजना निर्माण गर्ने संस्थाका दिलमाया सिग्देलले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हरि लम्साल (अञ्जिता) ले यस क्षेत्रको महिला स्वावलम्वन र महिला हक हित र अधिकारलाई सुदृढ पार्न संस्थाले योगदान दिएको बताउँदै व्यावसायिक योजनाले भावी कार्यदिशा तय गर्न सहज हुने बताउनु भयो ।

संस्थाका कार्यकारी प्रमुख इन्दिरा भुषालले संस्थागत दिगो विकासका लागि व्यावसायिक योजना अपरिहार्य भएकोले आफ्नो ध्यान त्यसतर्फ केन्द्रीत रहेको बताउनुभयो ।

संस्थाका सञ्चालक, सल्लाहकार, कर्मचारी र लेखा समितिका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सहकारीकर्मी हरिलाल सापकोटा र गोविन्द रिमाल गर्नुभएको छ ।

 

संस्थाकी अध्यक्ष हरि लम्सालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरि सापकोटा ले गर्नुभएको थियो ।

Share.

Leave A Reply