गैंडाकोट ३ एक्लेबगरमा बिजुली पुग्यो, वडावासीको महसुस गर्न पाएको भन्दै स्थानीय खुसी

0

गैंडाकोट, कार्तिक २ । गैंडाकोट नगरपालिका वडानम्रव ३ को मिलिजुली टोलबिकास संस्था अन्तर्गत रहेको एक्लेबगरमा बिजुली पुगेको छ ।

आज वडाअध्यक्ष शिवकान्त तिवारीको रोहवरमा बत्ती वालिएको ढोडेनीबाट इन्द्रज्योति पोखरेलले जानकारी दिनुभयो । कालिगण्डकी करिडोरबाट करिव १ घण्टाको पैदलपछि पुगिने उक्त स्थानमा ५ घर गुरुङहरुको बसोबास रहेको छ । लामो समय टुकीको भरमा बस्न बाध्य उनीहरुमध्य केहीको घरमा सोलार थियो ।

सोही टोल विकास संस्थाको ढाप्लेबाट तार तानिएको र एक घरमा ४ वटा बल्ब राखिएको छ । करिब ८ लाखको लागतमा बिजुली पुगेको र सवै खर्च नेपाल बिद्युत प्राधिकरणको रहेको वडाअध्यक्ष तिवारीले बताउनुभयो ।

बिजुली पुगेपछि खुसी हुँदै स्थानीय मिन बहादुर गुरुङले  वडामा बसेको अनुभुति भएको भन्दै जनप्रतिनिधि, विद्युतका सबै कर्मचारी साथै सहयोग गर्ने सबैमा धन्यवाद दिनु भएको थियो ।

तार विस्तार देखि पोल गाड्ने काममा ढोडेनी खेलकुद समितिका पदाधिकारीले सहयोग पुर्याएका थिए ।

Share.

Leave A Reply