हात्ती प्रजनन केन्द्र जान झोलुङ्गे पुल बन्ने

0

चितवन, कार्तिक २ । सौराहामा रहेको हात्ती प्रजनन केन्द्र जान झोलुङ्गे पुल निर्माण हुने भएको छ । बुढी राप्ती खोलामा हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने गरी झोलुङ्गे पुल निर्माण गर्न हिजो शिलन्यास गरिएको छ । सौराहा स्थित हात्ती प्रजनन केन्द्रमा अवलोकन गर्न जाने पर्यटकहरुको सुविधा हुने र पर्यटन प्रर्वद्धनमा निर्माण यसले सहयोग गर्ने बताउनुभयो । रत्ननगर ७ को क्षेत्रमा पर्ने बद्रेनीमा १ करोड ५० लाखको लागतमा निर्माण हुन लागेको पुल आगामी बैशाखसम्ममा काम सम्पन्न हुने रत्ननगर नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष लालबहादुर भट्ट (राजन)ले जानकारी दिनुभयो । १ सय ६७ फिट लम्बाई र ४ फिट चौडाईको हुने पुल निर्माणसगैँ पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने रत्ननगर नगरपालिका मेयर नारायण वनले बताउनुभयो ।

Share.

Leave A Reply